Latest News

Friday, October 02, 2015

व्यवस्थापिका संसद बैठक आज बस्दै, प्रधानमन्त्रीको राजिनामा अनिश्चित

काठमाडौं,असोज १५ । संविधान जारी गरेर संविधानसभा भंग भएपछि रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशन आज अपरान्ह १ बजे शुरु हुंदैछ । बैठकको आजको कार्यसूचीमा राष्ट्र्पतिबाट संसद बैठक आव्हान सम्बन्धमा प्राप्त पत्र पढेर सुनाउने कार्यक्रम मात्र रहेको सभामुख सुवास चन्द्र नेम्वाङ्गले जानकारी दिएका छन् । संबिधानसभाको बिघटनपछि पहिलो पटक रुपान्तरित संसदको बैठक आज बस्न लागेको हो । आज शुरु हुने रुपान्तरित व्यवस्थापिका संसदको अधिवेशनबाटै नयाँ राष्ट्र्पति, उपराष्ट्र्पति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुखको नयाँ निर्वाचन हुनेछ ।

नयाँ संसद नियमावली बनी नसकेको अवस्थामा राजनीतिक दलको सहमतिमा बन्ने काम चलाउ नियमावलीको आधारमा निर्वाचन प्रक्रिया अघि बढाइने सभामुख नेम्वाङ्गले जानकारी दिएका छन् । नयाँ नियमावली तत्काल नभएको अवस्थामा नियमावली बनाउन एउटा समिति गठन गर्ने कामचलाउ नियमावलीका आधारमा संसदको बैठक अगाडि बढाइने सभामुखको भनाई छ । प्रधानमन्त्रीको राजीनामा भोलीको बैठकमा आउने नआउनेवारेमा ठोस जवाफ नदिएका सभामुख नेम्वाङ्गले आफूले सुझाव भने कानून मन्त्री नरहरि आचार्य मार्फत पठाई सकेको जानकारी दिएका छन् ।

no image
  • Title : व्यवस्थापिका संसद बैठक आज बस्दै, प्रधानमन्त्रीको राजिनामा अनिश्चित
  • Posted by :
  • Date : 5:24:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top