Latest News

Thursday, October 01, 2015

ऊर्जामन्त्री पदमुक्त

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले मन्त्री ज्ञवालीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले राससलाई बताउनुभयो ।

केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोर प्रसारण लाइन निर्माणमा मन्त्री ज्ञवालीले अनियमितता गरेको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
आजै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफ्नो पदबाट राजीनामा दिइसक्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विवादित व्यक्तिलाई नियुक्त गरिएको विषयमा आयोगले मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेपछि उहाँले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो । रासस

no image
  • Title : ऊर्जामन्त्री पदमुक्त
  • Posted by :
  • Date : 8:59:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top