काठमाडौं,असोज १५ । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । क्यानको बोर्ड बैठकले बिहीबार अनुशान विपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाउने निर्णय गरेको हो ।
क्यान पदाधिकारीहरु आर्थिक गतिविधिमा मात्र लाग्दा क्रिकेट विकासमा अवरोध भइरहेको यथार्थताको बिरोध गर्दै आइरहेका कप्तान पारसबाट आफुहरु असुरक्षित रहेको महसुश गरेर क्यानले कप्तान खड्कालाई पदबाट हटाउने निर्णय हतासमा गरेको देखिएको छ ।
स्मरणीय छ हालकै क्यान पदाधिकारीहरुमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले करोडौं भ्रष्टाचार गरेको भन्दै छानविन गरिरहेको छ ।
0 comments:
Post a Comment