Latest News

Saturday, October 03, 2015

पत्रकार सापकोटा सम्मानित

 

 

 

homnathचितवन १६ असोज

सौराहा सामुदायिक पुस्तकालयले चितवनका क्रियाशिल पत्रकार होमनाथ सापकोटालाई सम्मान गरेको छ । पत्रकारिता मार्फत पुस्तकालयको विकासमा भूमिका खेलेको भन्दै पुस्तकालयको दोश्रो साधरण सभा तथा अधिवेशनमा शनिवार पत्रकार सापकोटालाई सम्मना गरिएको हो । नेपाल पुस्तकालय संघका निर्वतमान अध्यक्ष तथा रिड नेपालका सल्लाहाकार बासु ढुंगाना र पुस्तकालयका उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले सापकोटालाई कलम,डायरी र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । विगत १३ बर्ष देखि पत्रकारितामा क्रियाशिल सापकोटा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुन । कार्यक्रममा पुस्तकालयवाट नियमित पुस्तक लगेर अध्ययन गर्ने स्थानीय लेखनाथ सापकोटा,शान्ति पौडेल,ममता अधिकारी, विनोद प्रसाद पौडेललाई पुरस्कृत गरिएको थियो ।

सौराहा सामुदायिक पुस्तकालयको अध्यक्षमा परियार
सौराहा १६ असोज
सौराहा सामुदायिक पुस्तकालयको आज सम्पन्न दोश्रो साधरण सभा तथा अधिवेशनले शेर बहादुर परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा ज्ञानेन्द्र कुमार विष्ट,सचिवमा वीरेन्द्र महतो,सह–सचिवमा बबिता चौधरी र कोषाध्यक्षमा सुजता विष्ट चयन भएका छन । समितिको सदस्यहरुमा शरद पाण्डे,योगेन्द्र अधिकारी,नन्द्रकुमारी सापकोटा,लीलादेवी चापागाई,देबकला भट्टराई र रामकृष्ण पराजुली चयन भएका छन । अधिवेशनले मन्नुनाथ अधिकारी संयोजक रहेको तीन सदस्यीय लेखा समिति चयन गरेको छ । रिड नेपालका सल्लाहाकार बासु ढुंगाना प्रमुख अतिथि रहेको सो कार्यक्रममा गैंडा पर्यटन सहकारी संस्थाका अध्यक्ष शिरिलाल परियार,नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी लक्ष्मीदेवी अर्याल,मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रोजनाथ पाठक,स्थानीय समाजसेवी कृष्णप्रसाद खतिवडा,डोमा पौडेल,झुवानी सामुदासिक पुस्तकालका कोषाध्यक्ष रामबाबु सापकोटा,सौराहा सामुदायिक पुस्तकालयकी व्यवस्थापक लक्ष्मी बिडारी लगायतले वोल्नुभएको थियो । उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्टको अध्यक्षतामा भएको सो कार्यक्रम सहचिव बबिता चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

no image
  • Title : पत्रकार सापकोटा सम्मानित
  • Posted by :
  • Date : 9:32:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top