काठमाडौं,असोज १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दलीय सहमति अनुसार एमाले अध्ययक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस, एमाले र एमाओवादीको बैठकमा प्रचण्डले ओलीको नाम प्रस्ताव गरेका हुन् ।
संविधानसभाबाट संविधान जारी गर्नुभन्दा कार्यान्वयन चुनौतिपूर्ण रहेको जनाउँदै प्रचण्डले तीन दलीय बैठकमा भने, ‘संविधान बनाउनका लागि मात्र भनेर हाम्रो सहमति भएको होइन । यसको कार्यान्वयन पनि संगै मिलेर गर्ने भन्ने हो ।’
विभिन्न शक्तिकेन्द्र प्रमुख दलका शीर्ष नेतालाई प्रधानमन्त्री बाड्दै हिड्दै गरेको बताउदै प्रचण्डले उनीहरुको आश्वासनमा विगतको सहमतिकालाई लत्याउन नहुने पनि तर्क गरे । ‘हामीलाई विभिन्न शक्तिले प्रधानमन्त्री कसलाई बनाउने भनेर प्रस्ताव गर्दै हिडेका छन्’ प्रचण्डले भने, ‘पूर्व सहमति अनुसार ओलीजीलाई प्रधानमन्त्री बनाउँ ।’
0 comments:
Post a Comment