Latest News

Friday, October 02, 2015

प्रधानमन्त्रीलाई आजै राजीनामा गर्न एमालेको दबाब

काठमाडौं,असोज १५ ।  सरकारको प्रमुख घटक एमालेले प्रधानमन्त्री सुशील कोइरालालाई आज शुक्रबारै संसद बैठकमार्फत राजीनामा गर्न सुझाव दिएको छ । प्रमुख ३ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा एमालेले यस्तो दबाब दिएपछि प्रधानमन्त्री कोइराला अन्यौलमा परेको स्रोतले बतायो ।

बालुवाटार बैठकको सुरुमै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले शुक्रबार संसदमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री भन् संविधान संशा्धनको विषय टुंङग्याएर रानीनामा दिने तयारीमा छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

no image
  • Title : प्रधानमन्त्रीलाई आजै राजीनामा गर्न एमालेको दबाब
  • Posted by :
  • Date : 6:03:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top