Latest News

Friday, October 02, 2015

अछाममा दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण

Achham_district_locationभीमदत्तनगर, १५ असोज । अछाममा झन्डै दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाइएको छ । जिल्लाका विभिन्न रेञ्जपोष्टअन्तर्गत सरकारी तह, संस्थागत र व्यक्तिगत रुपमा वन अतिक्रमण भएको पाइएको जिल्ला वन कार्यालय अछामले जनाएको छ ।

अछाममा कुल ८७ हजार २०० हेक्टर वनक्षेत्र रहेकामा सरकारी कार्यालयबाट ३५, संस्थागत ४५, बजारक्षेत्रमा १८, विद्यालयबाट १६ र व्यक्तिगत तथा बाढी पहिरोपीडितबाट ८६ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेका छन्

वनक्षेत्र अतिक्रमण सबैभन्दा बढी मङ्गलसेनको पालेवन, ढकारी, कमलबजार, ठाँटी र शान्तडामा भएको छ ।

अतिक्रमित वनक्षेत्रमध्ये सबै ठाउँमा विगत द्वन्द्वकालभन्दा अगाडि संरचना निर्माण भइसकेको पाइएकाले जिल्ला वन कार्यालयलाई अहिले समस्या भइरहेको निमित्त जिल्ला वन अधिकृत खुदु्रस मियाँले बताउनुभयो ।

जिल्ला वन कार्यालयमार्फत अतिक्रमण नियन्त्रणका लागि विभिन्न बैठक, प्रचारप्रसार र सामुदायिक वनलाई निर्देशन दिने कार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

no image
  • Title : अछाममा दुई सय हेक्टर वनक्षेत्र अतिक्रमण
  • Posted by :
  • Date : 6:51:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top