Latest News

Saturday, October 03, 2015

साहित्यकार उप्रेतीका दुई कृति विमोचन

काठमाडौँ, १६ असोज । साहित्यकार टङ्कप्रसाद उप्रेतीद्वारा लिखित ‘राष्ट्रियता, प्रजातन्त्र र मानवता’ एवम् ‘राष्ट्रियता र प्रजातन्त्रप्रति सदासमर्पित व्यक्तित्व ‘खनुपरुदे’ रामबाबु प्रसाईं’ नामक दुई कृतिको हिजो यहाँ विमोचन गरिएको छ ।

सो कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विमोचन गर्दै प्रसार्इं आदर्शवादी, चिन्तनशील व्यक्ति भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रसाईं गान्धीवादी, शान्तिवादी र मिलनसार व्यक्ति हुनुुहुन्थ्यो ।”

पूर्व सभामुख तारानाथ रानाभाटले प्रसाईं राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा सधैँ दृढ भएर लाग्ने व्यक्ति भएको बताउनुभयो ।

वामपन्थी नेता राधाकृष्ण मैनालीले उहाँ राजनीतिमा आफ्नै विचारमा अडिग रहने व्यक्ति भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री दिनबन्धु अर्याल, नन्दकुमार प्रसाईं, पूर्णकुमार शेर्मा, मीना पाण्डे, झलकनाथ अर्याल, सांसद क्रृषिबाबु परियारलगायतले प्रसाईं सिद्धान्त निष्ठ, राम्रो व्यवहार र प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने व्यक्ति भएको बताउनुभयो । रासस

no image
  • Title : साहित्यकार उप्रेतीका दुई कृति विमोचन
  • Posted by :
  • Date : 10:22:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top