Latest News

Saturday, October 03, 2015

आपूर्तिमा देखिएको असज अवस्थालाई हटाउन भारतले सहयोग गर्नुपर्छ– वरिष्ठ नेता देउवा

काठमाडौँ, १६ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अघोषित नाकाबन्दी यथाशिघ्र छिटो हटाउने सम्बन्धमा भारतले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल तरुण दलद्वारा नेपालको संविधानको स्वागत तथा वडादसैँ, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उहाँले नाकान्दीबाट अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा देखिएको असज परिस्थितिलाई अन्त्य गर्न भारतले सहयोग पु¥याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

संविधानमै व्यवस्था भएको र राष्ट्रपतिले आह्वान गरेअनुरुप यही असोज २१ गतेसम्म सहमतिको सरकार गठनका लागि प्रयास हुने बताउँदै वरिष्ठ नेता देउवाले यदी त्यो समयमा सहमति हुन नसकेमा बहुमतीय सरकार गठन हुने धारणा राख्नुभयो ।

‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतको पदमा यसअघि १६ बुँदे सहमति निर्माणको समयमै प्रमुख दलहरुबीच भद्र सहमति भएको हो ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “त्योबारे मलाई जानकारी छैन ।”

सो अवसरमा नेपालको मानचित्र कोरेर सीमा वरिपरि हुने गरी मैनबत्ती प्रज्ज्वलन गरिएको थियो ।

चियापान कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, तरुण दलका पूर्व अध्यक्ष बालकृष्ण खाँण, पूर्व मन्त्री, सांसदहरु तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सहभागी हुनुहुन्थ्यो । रासस

no image
  • Title : आपूर्तिमा देखिएको असज अवस्थालाई हटाउन भारतले सहयोग गर्नुपर्छ– वरिष्ठ नेता देउवा
  • Posted by :
  • Date : 10:52:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top