Latest News

Saturday, October 03, 2015

चोरी सिकारीका कारण वन्यजन्तुको अस्थित्व सङ्कटमा

पथरी (मोरङ), १६ असोज । चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ ।

मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व सङ्कटमा परेको हो ।

मृग, हरिण, बदेल, दुम्सी, सालक, सुन गोहोरोलगायतका वन्यजन्तु चोरी सिकारी हुन थालेपछि बर्सेनि वन्यजन्तुको सङ्ख्या घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताउनुभयो । रासस

no image
  • Title : चोरी सिकारीका कारण वन्यजन्तुको अस्थित्व सङ्कटमा
  • Posted by :
  • Date : 10:22:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top