Latest News

Saturday, October 03, 2015

अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई

काठमाडौँ, १६ असोज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रदान गरिने सर्वोकृष्ट साहित्य पुरस्कार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिने भएको छ ।

समाजको हिजो बसेको बैठकले पुडासैनीको नियात्रा सङ्ग्रह ‘नमेटिएका चित्रहरु’ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

सन् २०१२ देखि २०१४ सम्म संसारभरबाट प्रकाशित नेपाली कृतिबाट सन् २०१५ को सर्वोकृष्ट साहित्य पुडासैनीलाई दिन लागिएको पुरस्कार छनोट समितिका अध्यक्ष सीता पाण्डेले जानकारी दिनुभयो । उहाँले यो कृतिलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभर पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।

पुरस्कारको राशि एक हजार ५०० अमेरिकी डलर र लेखकलाई आजीवन सदस्यस्वरुप थप १०० अमेरिकी डलर दिने आयोजकले जनाएको छ । रासस

no image
  • Title : अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई
  • Posted by :
  • Date : 10:22:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top