Latest News

Saturday, October 03, 2015

मिल्क होलिडे बन्द गर्न सरकारसँग माग

20151003_151753

रत्ननगर १६ असोज
नेपाल केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण देवकोटाले सरकारले तत्काल मिल्क होलिडे गर्न रोक्नु पर्ने बताएका छन् । किसानले व्यवसायिक पशुपालन गरी दुग्धजन्य पदार्थमा देश आत्मनिर्भर बन्दै गएको अवस्थामा विदेशबाट आउने दुग्ध पदार्थलाई प्रोत्साहन नदिई नेपाली किसानलाई प्रोत्साहन दिनुपर्ने बताए ।

20151003_152646 कृषि प्रधान देशमा किसानको शीर निहुरिने अवस्था अन्त्य गरी देशलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्ने देवकोटाले बताए । पूर्वी चितवनको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका नगरपालिका–७ सूर्यपुरको २५औं बार्षिक साधारण सभामा बोल्दै देवकोटाले भारतले गरेको अघोषित नाकाबन्दीले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको समेत बताए । कार्यक्रममा चितवन दुग्ध उत्पादक सहकारी संघका जिल्ला उपाध्यक्ष बालकृष्ण उप्रेती, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपाशाखाका सभापति गणेश शर्मा पौडेल, अजम्वरी बचत तथा ऋण सहकारी संस्था लि. का लक्ष्मीनारायण चौलागाई, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका सहकारी निरीक्षक राजेन्द्र ढकाल, शेयर सदस्य बिनोद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

20151003_143056 संस्थाका उपाध्यक्ष बोदनाथ थपलियाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा लेखा संयोजक ऋषिकेश लम्सालले आर्थिक प्रतिवेदन र सदस्य भीमप्रसाद खनालले अनुमानित बार्षिक योजना प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नारायणदत्त कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही कार्यक्रममा उत्कृष्ट किसानहरुलाई पुरस्कृत गरिएको थियो भने एस.एल.सी. परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये बाट रोमान्स दाहाल र विवेक दाहाललाई पनि नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

20151003_143045

no image
  • Title : मिल्क होलिडे बन्द गर्न सरकारसँग माग
  • Posted by :
  • Date : 9:32:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top