Latest News

Saturday, October 03, 2015

चितवन समाज अष्ट्रेलियामा बुद्धि डल्लाकोटी

chitwan samaj australia jitendraआश्विन १६, भरतपुर ।
शनिवार अस्ट्रेलियाको एसफील्ड पार्कमा सम्पन्न दोश्रो वार्षिक साधारण सभाबाट बुद्धि डल्लाकोटीको अध्यक्षतामा चितवन समाज अष्ट्रेलियाको पुनर्गठन भएको छ । उपाध्यक्षमा छवि सापकोटा चयन हुनुभएको छ भने सचिवमा अनिल पोखरेल, सहसचिवमा धर्म अधिकारी, कोषाध्यक्षमा पुरुषोत्तम सडौंला, सहकोषाध्यक्षमा सीता सुवेदी भट्टराइ, जनसम्बन्धमा रोशन घले, सदस्यहरुमा गितेन्द्र सापकोटा, मुकुन्द भट्टराइ, पुर्ननाथ घिमिरे लगायत रहनुुभएको छ । सोही अवसरमा भारतले नेपालमा गरेको नाकाबन्दिको विरोधमा हस्ताक्षर संकलन अभियान पनि चलाइएको नव निर्वाचित सदस्य गितेन्द्र सापकोटाले अष्ट्रलियाबाट बताउनुभयो ।
विगत धेरै वर्षबाट सकृय यस समाजले विगतको भुइचालोको बेलामा पनि धेरै आर्थिक सहयोग जुटाएर पुनर्निमाणमा लागेको सापकोटाले बताउनुभयो । साधारण सभामा नै एक लाख डलरको अक्षय कोशको घोषणा गरेको समाजले सोह्र हजार डलर आजै संकलन भएको र बाँकी छिट्टै संकलन गरेर परोपकारको कार्यमा सो रकम खर्च गरिने वहाँले बताउनुभयो ।

no image
  • Title : चितवन समाज अष्ट्रेलियामा बुद्धि डल्लाकोटी
  • Posted by :
  • Date : 10:59:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top