Latest News

Saturday, October 03, 2015

वडाध्यक्षमा पुनः घिमिरे

20151003_083421रत्ननगर १६ असोज
नेकपा एमाले रत्ननगर वडा नं. ८ को आज सम्पन्न सातौं वडा अधिवेशनबाट पुनः कमल बहादुर घिमिरे चयन भएका छन् । वडा कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिव कृष्ण बहादुर ढकाल, उपसचिव टंक प्रसाद पराजुली सहित २१ सदस्यीय कमिटी गठन भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जे.एन. थपलिया, रत्ननगर इञ्चार्ज नारायण वन, नगर संयोजक प्रेमनाथ दुवाडी, जिल्ला कमिटी सदस्य यादव प्रसाद पाठक, क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

खोलेसिमलमा रक्तदान
शिशिर सिंखडा
रत्ननगर १६ असोज
सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. कालिका नगरपालिका–६, खोलेसिमलको ८औं बार्षिक साधारण सभाको अवसरमा विगतका बर्षहरुमा जस्तै आज रक्तदान कार्यक्रम भएको छ । संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानशाली न्यौपाने, जुटपानी सभापति गणेश शर्मा पौडेल, कार्यक्रम संयोजक रामकृष्ण लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा १०४ जना रक्तदाताले रक्तदान गरेका थिए ।

20151003_090108 20151003_090134 20151003_103811
no image
  • Title : वडाध्यक्षमा पुनः घिमिरे
  • Posted by :
  • Date : 9:32:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top