Latest News

Saturday, October 03, 2015

सकेसम्म सहमतीय सरकार बन्छ–महासचिव पोखरेल

पोखरा, १६ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पूर्व सहमतिअनुसार नै प्रधानमन्त्रीले पद त्यागको घोषणा गर्नुभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीद्वारा पद त्यागसँगै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको र सकेसम्म सहमति नभए बहुमतीय आधारमा सरकार बन्ने धारणा राख्नुभयो ।

मुख्य पार्टीले नै सरकारको नेतृत्व गर्ने बताउँदै महासचिव पोखरेलले एमालेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री लागि प्रस्ताव गर्ने जनाउनुभयो ।

एमालेले दया र मायाका भरमा भन्दा पनि आफ्नो हैसियतले सरकारको नेतृत्व गर्ने बताउँदै उहाँले एमालेको नेतृत्वमा सरकार नबने संविधान कार्यान्वयनमा कठिनाई हुने तर्क पेस गर्नुभयो ।

उहाँले नयाँ संविधानलाई विश्वले नै स्वागत गरिरहेका बेला भारत भने बेखुसी हुनु दुःखद भएको बताउनुभयो । रासस

no image
  • Title : सकेसम्म सहमतीय सरकार बन्छ–महासचिव पोखरेल
  • Posted by :
  • Date : 11:22:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top