Latest News

Saturday, October 03, 2015

‘झापा, मोरङ र सुनसरीलाई छुट्याइए विध्वंस हुन्छ’

????????????????????????????????????

संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले झापा, मोरङ र सुनसरीलाई लिम्बुवानबाट अलग गरियो भने अर्काे बिध्वंस हुने चेतावनी दिएका छन् ।

१६ असोजमा पश्चिम झापाको दमकमा लिम्बुवान पक्षधरहरुको खबरदारी सभाका मुख्यवक्ता लिङदेनले सरकारले मधेश सँगसँगै लिम्बुवानको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने बताए ।

उनले लिम्बुवान जातीय आन्दोलन नभई ऐतिहासिक भौगोलिक पहिचानको बिषय भएको बताए ।

कार्यक्रमका अर्का वक्ता संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङले मुलुकलाई तीन ठूला दलको हठले गम्भीर समस्यामा पु¥याएको भन्दै थपे, “जातजातिलाई अधिकार दिँदा कसैको केही नोक्सान हुँदैन ।”

४ असोजमा संविधानको स्वागतमा आयोजित कार्यक्रम विथोल्ने प्रयास गरेका लिम्बुवान सम्बद्ध कार्यकर्ताहरुलाई दमकको गणतन्त्र चोकबाट तीन दलका कार्यकर्ताले लखेटेको १२ दिनपछि शक्ति प्रदर्शनको रुपमा सो सभा आयोजना गरिएको थियो ।

दमकको गणतन्त्र चोकमा सभाको आयोजना गरिंदा केही बेरा यसक्षेत्रको यातायात समेत प्रभावित भएको थियो ।
गोपाल गडतौला, झापा

no image
  • Title : ‘झापा, मोरङ र सुनसरीलाई छुट्याइए विध्वंस हुन्छ’
  • Posted by :
  • Date : 8:02:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top