Latest News

Saturday, October 03, 2015

सकारात्मक सोचका लागि ध्यान

काठमाडौँ, १६ असोज । ‘सकारात्मक सोचले परिणाम पनि सकारात्मक नै जन्माउँछ’, यही भनाइलाई अझ प्रकाश पार्न छोग्याल रिम्पोछेले आज ‘द सिक्रेट मेडिटेसन’बारे जानकारी गराउनुभयो ।

बोधिसत्व इन एक्सन (बिआइए) फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आजको व्यस्त जीवनमा ध्यानले मानिसमा ल्याउने सकारात्मक भावना र त्यसले जन्माउने सकारात्मक परिणामबारे जानकारी गराउँदै भन्नुभयो–“मानिसको व्यस्ततासँगै उसमा रिस, द्वेष र इष्र्याको भावना पनि बढ्दैछ । त्यसैले मानिसमा रिसाउने प्रवृत्ति बढ्दैछ । यसलाई शान्त पार्न ध्यान गर्नैपर्छ ।”

स्वामी अरुण आनन्दले जीवनमा ध्यानको महत्व बताउँदै ध्यानका लागि कयौँ सन्त, महाज्ञानीले हिमालय पर्वतलाई आफ्नो ध्यानकेन्द्र बनाएको उल्लेख गर्नुभयो । दिउँसो १ बजेदेखि सुरु भएको सो कार्यक्रम साँझ ५ बजे सकिएको थियो । रिम्पोछेले कार्यक्रममा सहभागी भएकालाई छोटो समयमा गरिने ध्यान विधि गराउनुभएको थियो ।

पाँच वर्षको उमेरदेखि नै उहाँले ध्यान गर्न सुरु गर्नुभएको थियो । ध्यानले मानिसको मन र मस्तिष्कलाई शान्त र सन्तुलित बनाउनुका साथै समाजमा द्वन्द्वको अन्त्य भई शान्ति स्थापना हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

no image
  • Title : सकारात्मक सोचका लागि ध्यान
  • Posted by :
  • Date : 8:04:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top