काठमाडौँ, १६ असोज । सुरक्षित नागरिक समाजले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनमा चाहिने अत्यावश्यक सामग्री प्रदान गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा समाजका अध्यक्ष सूर्यप्रसाद कोइरालाले नयाँबानेश्वर प्रहरी वृत्तलाई सो सामग्री प्रदान गर्नुभएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले भूकम्पपछि विपद् व्यवस्थापनका सामग्रीको महत्व अझै बढेको बताउनुभयो ।
शर्माले प्रहरी सङ्गठनमा केही खराब तत्वका कारण छवि बिग्रने काम भएको भन्दै प्रहरीलाई राम्रो र नराम्रो बनाउने काम समाजको भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रहरीले राम्रो काम गरेमा समाजले समर्थन र नराम्रो काम गरेमा आलोचनात्मक सुझाव दिनुपर्छ ।”
पूर्व गृहसचिव डा गोविन्द कुसुमले प्रहरी एक्लैले शन्ति सुरक्षा कायम गर्न नसक्ने भन्दै प्रहरी सङ्गठनलाई आम जनताले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको शान्ति सुरक्षा गर्नु नेपाल प्रहरीको भएकाले उहाँहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । रासस
0 comments:
Post a Comment