काठमाडौँ, १६ असोज । अनलाइन सञ्चारमाध्यमको विकाससँगै यसमा देखिएको विकृतिको अन्त्यका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिनुभएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार सङ्घको प्रारम्भिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले पछिल्लो समय अनलाइनको सङ्ख्या बढेसँगै कुन अनलाइन समाचारमूलक अनलाइन हो र कुन व्यक्तिगत अनलाइन वा ब्लग हो छुट्टिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रक्रिया पूरा गरेर पे्रस काउन्सिलमा दर्ता भएका सञ्चारमाध्यमलाई समाचारमूलक सामग्री प्रकाशन र प्रसारण गर्ने स्वतन्त्रता प्राप्त हुन्छ, दर्ता नभएका अनलाइनले समाचार सामग्री सम्प्रेषण गर्न पाउँदैनन् ।”
उहाँले सञ्चारमाध्यमलाई समाज परिवर्तनको बाहकका रुपमा विकास गर्नुपर्ने बताउँदै कतिपयले प्रतिशोध साध्ने माध्यमका रुपमा यसलार्ई प्रयोग गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
आफ्नो बारेमा समेत कतिपय सञ्चारमाध्यमले गलत र बोल्दै नबोलेका कुरा सम्प्रेषण गरेको उदाहरण दिँदै तर आफूले त्यसको प्रतिवाद गर्ने नगरेको उहाँको भनाइ थियो ।
नेकपा(एमाले)का सांसद मोहनसिंह राठौरले सञ्चारमाध्यमले आचारसंहित पालनमा जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले अहिलेको परिवेशमा सञ्चारमाध्यम अझ बढी संवेदनशील हुन आवश्यक रहेको बताउँदै संविधानको सकारात्मक पक्षका बारेमा प्रचारप्रसा
0 comments:
Post a Comment