Latest News

Saturday, October 03, 2015

नेपालगञ्जः भारतबाट २८ गाडी सामान भित्रियो, पेट्रोलका ट्यांकर१० वटा

बाँकेको नेपालगञ्ज–रुपैडिहा नाकाबाट १६ असोज साँझ १० ट्यांकर पेट्रोलसहित २८ वटा मालबाहक गाडी भित्रिएका छन् ।

नेपालमा आपूर्ति सहज बनाउन भारत सहमत भएको खबरसँगै २८ वटा मालवाहक गाडी नेपाल भित्रिएका हुन् ।

त्यस्तै चामल २, तोरी ३, आलु ७, प्याज १, कपडा १, साइकल १, औद्योगिक केमिकल १, कुखुराको दाना १ र पाइप, टायर ट्युब १ ट्रक गरी १८ ट्रक अन्य सामग्री भित्रिएको जमुनाहा प्रहरी चौकीले जानकारी दिएको छ ।

अन्य गाडीहरुको क्लियरेन्स नभएकाले अब भोलीमात्रै अन्य मालबहाक ट्रकहरु भित्रने प्रहरीले जनाएको छ ।
केशव राना/बाँके

no image
  • Title : नेपालगञ्जः भारतबाट २८ गाडी सामान भित्रियो, पेट्रोलका ट्यांकर१० वटा
  • Posted by :
  • Date : 8:02:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top