Latest News

Saturday, October 03, 2015

एक सय ७० ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौँ, १६ असोज । पच्चीसऔँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७२ का अवसरमा १७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

प्रौढ कल्याण सङ्घ नेपाल र रोटरी क्लब डिल्लीबजारले संयुक्त रूपमा यहाँ आज आयोजना गरेको सम्मान कार्यक्रममा जिएसपी तिमिल्सिना प्रतिष्ठान नेपाल, विजिएसएस बोर्डिङ स्कूल, रोट¥याक्ट अफ डिल्लिबजार र पतञ्जलि योग सेवा केन्द्रको सहयोगमा ती ज्येष्ठ नागरिकलाई जनही रु १०० (एक सय रूपैयाँ) र बिस्कुट, रूमाल, नेलकट, साबुन, काइँयो, ब्रस र मन्जनसहितको ज्याकेज वितरणसमेत गरियो ।

ज्येष्ठ नागरिकको उच्च सम्मान गर्दै घट्टेकुलो, देवीनगर, नयाँबानेश्वर, पुरानो बानेश्वर, अनामनगर र मैतीदेवी क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको प्रौढ कल्याण सङ्घ नेपालका सचिव रामजीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पूर्वमन्त्री भद्रकुमारी घलेले ज्येष्ठ नागरिकले भोग्दै आएको आर्थिक र सामाजिक समस्यालाई राज्यले जतिसक्दो चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष डा गौरीशङ्कर लालदासले ज्येष्ठ नागरिकले प्राप्त गरेको अनुभवलाई राज्यले सही कामका लागि सदुपयोग गर्नुपर्छ भन्नुभयो । रासस

no image
  • Title : एक सय ७० ज्येष्ठ नागरिकलाई सम्मान
  • Posted by :
  • Date : 8:04:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top