Latest News

Sunday, October 04, 2015

कोलोराडोमा सत्य स्वरुप सांझ सम्पन्न

DSC_0391

अक्टोबर ०२, २०१५
कोलोराडो, अमेरीका
कोलोराडोमा शुक्रबार सत्य स्वरुप सांगितीक सांझ भव्यताका साथ सम्पन्न भयो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजना तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपाल र बिआरटी नेपाल डटकमको सह आयोजनामा सम्पन्न कार्यक्रममा सत्य स्वरुप संगै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो ।
वेस्ट मीनिस्टर स्थित माउन्टेन रेन्ज हाई स्कुलमा सम्पन्न कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनीधी, व्यवसाही, बुद्धीजिवी, पत्रकार तथा सर्व साधारणको बाक्लो उपस्थिती रहेको थियो । स्थानीय गायक बसन्त लम्सालले देशले रगत मागे मलाई वलि चढाउनु भन्ने मार्मिक राष्ट्रिय गीत गायर सुरु गरिएको कार्यक्रममा सत्य स्वरुपले आधा दर्जन भन्दा बढि गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए ।

DSC_0433
कार्यक्रमको पहिलो सत्रमा स्थानीय कलाकारहरु उषाकीरण अधिकारी, थुक्तेन शेर्पा, देवेन्द्र श्रेष्ठ, जानवी गुरुङ, आस्विनी श्रेष्ठ, हेमा भण्डारी, मनिसा शर्मा, श्रेया पोख्रेल, लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने, दोश्रो सत्रमा सत्य स्वरुपले सुमधुर गीत गाएर सहभागीहरुलाई नचाएका थिए । सत्य र स्वरुपले नेपालको झण्डा सबै भन्दा माथी क्रिकेटले गर्दा चौडा भाछ छाती भन्ने गीत गाउ“दै स्टेजमा नेपाली झण्डा हल्लाउ“दै नाच्दा गौरवले छाती फुलेको भान हुन्थ्यो ।

DSC_0328
सुमधुर स्वरका धनि सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई कार्यक्रममा उपस्थित चलचित्र निर्देशक तुलसी घिमीरेले आयोजक संस्थाले तयार पारेको मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए । कोलोराडोमा एक सांझ सत्य स्वरुप हाम्रो माझ भन्दै प्रचार प्रसार गरिएको कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न कोलोराडोमा सकृय नेपाली घर, ग्लोवल भुटनीज कम्युनीटी अफ कोलोराडो लगायत धेरै संघसंस्था तथा व्यवसाहीहरुको साथ र सहयोग रहेको थियो

DSC_0328 DSC_0340 DSC_0360 DSC_0378 DSC_0391 DSC_0433
no image
  • Title : कोलोराडोमा सत्य स्वरुप सांझ सम्पन्न
  • Posted by :
  • Date : 8:02:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top