Latest News

Sunday, October 04, 2015

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन

Chandra-Bahadur-Gurung-RPP-Nepalराप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको ६१ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित गुरुङको अमेरिकाको कोलोराडोमा उपचारका क्रममा नेपाली समय अनुसार १६ असोज राति ८ बजे निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

२०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघको अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए।

राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता थिए । दोस्रो संविधानसभा निर्वाचन भने उनी स्याङजा-१ बाट पराजित भए ।

६१ वर्षीय गुरूङका १ छोरा एक छोरी र श्रीमती छन्।

गुरुङ्को नेपालमै अन्त्येष्टि गरिने राप्रपा नेपालका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

no image
  • Title : राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन
  • Posted by :
  • Date : 9:01:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top