Latest News

Saturday, October 03, 2015

सीमा पारीबाट ढुंगा हान्नु आपत्तिजनकः प्रदीप ज्ञवाली

gawaliनेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले विदेशी भूमीमा बसेर गरिएको आन्दोलन कहिल्यै सफल नहुने बताएका छन् ।

बर्दियाको सानोश्री ताराताल नगर कमिटिको पहिलो अधिवेशन उदघाटन गर्न बर्दिया पुगेका नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले आन्दोलनका नाममा ५० दिनदेखि देशलाई बन्धक बनाउने काम भएको भन्दै सिमापारीबाट ढुंगा प्रहार हुनु आपत्तिजनक कार्य भएको बताए ।

उनले भने, “आन्दोलनका नाममा सीमापारीबाट ढुंगा हान्ने, संविधान जलाउने जस्ता काम अर्कैको इशारामा भइरहेका छन् ।”

ज्ञवालीले हिजोको पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीमा केही जातिलाई काखी च्याप्ने र केहीलाई पाखा पाखा पार्ने काम भएको बताउँदै गणतन्त्र स्थापनापछि मधेशीको छोरा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधान न्यायाधीश जस्ता उच्च ओहोदा पुगेको उदाहरण दिंदै ‘मधेशी हेपिए, अधिकारबाट बञ्चित भए’ भन्नु गलत रहेको दाबी गरेका थिए ।

सिमांकनमा जतिसुकै लचकता अपनाए पनि सम्पूर्ण मधेशलाई कुनै हालतमा पनि पहाडबाट अलग नगरिने उनले बताए ।

अंगिकृत नागरिकहरुलाई कुनैपनि देशले उच्चपद सम्हाल्ने अधिकार नदिएको सन्दर्भमा नेपालमा पनि त्यस्तो अधिकार दिन नसकिने सचिव ज्ञवालीको जिकिर थियो ।

उनले केही व्यक्तिहरुले मधेशका नाममा सीमा र दशगजाबाट ढुँगा हानेर मधेशकै बदनाम गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका थिए ।
भावुक योगी, बर्दिया

no image
  • Title : सीमा पारीबाट ढुंगा हान्नु आपत्तिजनकः प्रदीप ज्ञवाली
  • Posted by :
  • Date : 8:02:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top