Latest News

Friday, October 02, 2015

कोरिया सप्ताह शनिबारदेखि

काठमाडौँ, १५ असोज । नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले शनिबारदेखि यहाँ विविध कार्यक्रमका साथ कोरिया सप्ताह आयोजना हुने भएको छ ।

यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले आयोजना गर्ने कार्यक्रमअन्तर्गत शनिबार सहिदढोकास्थित जङ्गी अड्डाको मैदानमा चङ्गा उडान प्रतियोगिता हुनेछ । कोरियाली दूतावासका अनुसार सो अवधिमा कोरियाली चलचित्र महोत्सव, कोरियाली भाषामा वक्तृत्वकला प्रतियोगितालगायत कार्यक्रम गरिने छ ।

भूकम्पको पीडा भोगेका नेपालीलाई कोरियाली सांस्कृतिक कार्यक्रमका माध्यमबाट मनोरञ्जन प्रदान गर्ने तथा संस्कृतिका माध्यमबाट जनस्तरमा विद्यमान दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने महोत्सवको लक्ष्य रहेको दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

no image
  • Title : कोरिया सप्ताह शनिबारदेखि
  • Posted by :
  • Date : 7:55:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top