काठमाडौँ, १६ असोज । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले जर्मनीको राष्ट्रिय दिवसका अवसरमा क्रमशः त्यहाँका राष्ट्रपति जोआचिम गाउक र चान्सलर एन्जेला मर्केललाई छुट्टाछुट्टै बधाई सन्देश पठाउनुभएको छ ।
त्यसैगरी उहाँहरुले दक्षिण कोरियाको राष्ट्रिय स्थापना दिवसका अवसरमा क्रमशः त्यहाँका राष्ट्रपति पार्क गेयुन–हेइ र प्रधानमन्त्री ह्वाङ क्यो–एहनलाई छुट्टाछुट्टै बधाई सन्देश पठाई दुई देशबीच विद्यमान मैत्री सम्बन्ध आउँदा वर्षमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । रासस
0 comments:
Post a Comment