Latest News

Friday, October 02, 2015

नुवाकोटमा ७० ज्येष्ठ नागरिकलाई सम्मान

100-year-old local resident Babou Zay holds his walking stick as he talks to a journalist about his damaged house near Mingora in Pakistan's Swat Valleyत्रिशूली (नुवाकोट), १५ असोज । सहरी परिवेशमा ‘ज्येष्ठ नागरिकको समावेशीता र दिगोपन’ भन्ने नाराका साथ बिहीबार २५औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा देवीघाटमा ७० जनालाई सम्मान गरियो ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा आयोजित ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रममा सहभागी ३०० भन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गराउँदै ७५ वर्षभन्दा माथि उमेर समूहलाई कम्बल प्रदान गरी सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले ज्येष्ठ नागरिकलाई सरकारले सामाजिक सुरक्षा भत्ता, यातायातमा छुट सुविधा, स्वास्थ्यमा सहुलियतको व्यवस्था हुँदै आए पनि अझ उहाँहरुको समस्या धेरै रहेकाले सन्तती, समुदाय र राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले देवीघाटमा निर्माण गर्न लागिएको वृद्धाश्रम र बुढ्यौली अस्पतालको निर्माणाधीन भवन माघ महिनाभित्र सञ्चालनमा ल्याउने तयारीमा जुटेको बताउनुभयो ।

उहाँले भूकम्पले क्षति पुगेको भवन मर्मतका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्नेक्रम जारी रहेको जानकारी गराउनुभयो ।

दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आएका तीनसयभन्दा बढी ज्येष्ठ नागरिकलाई केदारनरसिंह केसीसहितको चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरी निःशुल्क औषधि प्रदान गरेको थियो ।

no image
  • Title : नुवाकोटमा ७० ज्येष्ठ नागरिकलाई सम्मान
  • Posted by :
  • Date : 6:51:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top