महोत्तरी, १५ असोज । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा स्थिति राम्रो बन्दै गएपछि आजदेखि जलेश्वर नगरपालिकामा निषेधाज्ञा हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपरको ५०० मि क्षेत्रमा भने निषेधित क्षेत्र कायमै रहेको प्रजिअ दीपक काफ्लेले जानकारी दिनुभयो ।
गत भदौ २३ गते सदरमुकाम जलेश्वरमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपले उग्र रुप लिएपछि जलेश्वर नगरपालिकाभर निषेधाज्ञा लगाइँँदै आएको थियो । रासस
0 comments:
Post a Comment