काठमाडौं, १५ असोज । प्रधामन्त्री सुशील कोइरालाले पदबाट राजीनामा दिनुभएको छ ।
संसद्को शुक्रबार बेलुका बसेको बैठकलाई सम्बोधन गर्दै कोइरालाले संविधान जारी भएपछि पद त्याग गर्ने प्रतिबद्धताअनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
अब कोइराला नेतृत्वको सरकार अब काम चलाउ हैसियतमा रहनेछ । प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनको प्रकिया पनि सुरु भएको छ । प्रधानमन्त्री कोइरालाको राजीनामासँगै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बाटो समेत खुल्ला भएको छ ।
२०७० माघ २७ मा बसेको व्यवस्थापिका संसदको बैठकले नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी उहाँको कार्यकाल सम्पन्न भएको छ । अठार महिना लामो उहाँको कार्यकाल खासै विवादमा परेन ।
0 comments:
Post a Comment