Latest News

Saturday, October 03, 2015

सामुदायिक वन अतिक्रमण गर्नेलाई हट्न निर्देशन

जाजरकोट, १६ असोज । यहाँको सदरमुकाममा सार्वजनिक जग्गा, सामुदायिक वन अतिक्रमण गरी बसेका अतिक्रमणकारीलाई हटाइने भएको छ ।

एक हप्ताअघि जिल्ला वन कार्यालयमा जिल्लाका सबै राजनीतिक दल, कार्यालय प्रमुख, नागरिक समाजको उपस्थितिमा अतिक्रमित भूभाग छुटाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईंले जानकारी दिनुभयो ।

सदरमुकामको तल्लो थाप्लेमा सार्वजनिक स्थान, सामुदायिक वन अतिक्रमण गरी घर निर्माण गरिएपछि हटाउन लागिएको हो । केही वर्षदेखि सदरमुकामका विभिन्न ठाउँमा एैलानी जग्गा अतिक्रमण गर्ने कार्य ह्वात्तै बढेको छ । अतिक्रमण गरी घरटहरा निर्माण गरी व्यापार गर्ने कार्य पनि सुरु भएको छ । अहिले एक सार्वजनिक सूचना प्रकाशन गरी तत्काल अतिक्रमण गरेको जमिनबाट घरटहरा हटाउन अनुरोध गरिएको छ ।

सूचनालाई अटेर गरी घरटहरा नहटाउनेलाई प्रशासनले बल प्रयोग गर्ने जनाएको छ ।

no image
  • Title : सामुदायिक वन अतिक्रमण गर्नेलाई हट्न निर्देशन
  • Posted by :
  • Date : 8:39:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top