Latest News

Saturday, October 03, 2015

महिलाको मात्र सहभागितामा रथ जात्रा सम्पन्न

काठमाडौँ, १६ असोज । रातो मच्छिन्द्रनाथको रथ जात्राअन्तर्गत आज बिहान महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेका छन् ।

कुनै समयमा रथ जात्रा गरिरहँदा लगनखेल पाढेटोलको एक एकल महिला बिरामी भई रथ जात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनु पर्छ भनी धार्मिक मान्यताअनुसार आज एक दिन महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेका हुन् । “पुजारी विनोद वज्राचार्यले भन्नुभयो ।”

वज्राचार्यको अनुसार हरेक दिन रथबाट नरिवल खसालेको भोलिपल्ट बिहान महिलाले मात्र रथ जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको छ ।

अन्य दिन जात्रा साँझको समयमा हुने गर्दथ्यो भने आज महिलाले मात्र रथ तान्ने भएकाले बिहान ५ बजेदेखि जात्रा सुरु गरी ६ बज्दा सम्पन्न भइसकेको थियो ।

आज अन्य दिनको भन्दा कम बाटो करिब १०० मिटर पाढेटोलदेखि ठटिटोलसम्म महिलाले रथ तानेका हुन् ।

विगतका वर्षमा नेवार समुदायको महिला मात्र सहभागी हुने यस जात्रामा पछिल्लो समय सबै समुदायमा महिलाको उलेख्य मात्रामा सहभागिता हँुदै आएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

गत वैशाख ६ गते देवतालाई रथारोहण गरी ९ गतेदेखि सुरु गरेको रथ जात्रा १२ गतेको भूकम्पका कारण स्थगित भई गत ५ गतेदेखि सुरु भएको हो ।

वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको यस वर्ष १२ वर्षको मेला परेकाले मानिसले यस जात्रालाई महत्वको साथ लिने गरेका छन् ।

no image
  • Title : महिलाको मात्र सहभागितामा रथ जात्रा सम्पन्न
  • Posted by :
  • Date : 8:39:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top