नेकपा एमालेको स्थायी कमिटी बैठक दलको कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
बैठकले पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेबारे छलफल भइरहेको छ । राष्ट्रपतिले नयाँ सरकार चयनका लागि १५ असोजमा आह्वान गरेपछि सहमतीय सरकार गठनको बाटो खुलेको छ ।
नयाँ संविधान अनुसार २२ असोजसम्म सहमतिमा सरकार नबने बहुमतीय सरकार बनाउनुपर्ने हुन्छ । एमालेले चार दलबीच २५ जेठमा भएको भद्र सहमति अनुसार पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने भएको छ ।
0 comments:
Post a Comment