Latest News

Sunday, October 04, 2015

सरकार गठनबारे कांग्रेसमा छलफल

NCनेपाली कांग्रेसको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय छलफल गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिएको जानकारीअनुसार सर्वदलीय सरकार गठनका लागि पहिला प्रमुख तीन दलका नेताबीच सकेसम्म आजै छलफल गर्ने र त्यसपछि व्यवस्थापिका–संसद्‍मा रहेका ३२ दलसँग छलफल गरिनेछ ।

उनले सर्वसम्मत निकास निस्कन नसकेमा दोस्रो चरण (बहुमतीय) मा प्रवेश भई निकास निकाल्ने जानकारी दिए ।

प्रमुख तीन दलको साझा उम्मेदवार बन्ने सम्भावनाका बारे भने पौडेलले अहिले नै त्यसो भन्न नसकिने बताए ।

प्रमुख दलबीच १६ बुँदे सहमति हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “त्यो मलाई थाहा छैन, मेरो जानकारीको विषय होइन ।”

पदाधिकारी बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी र सङ्घीय ढाँचाअनुसार विधान बनाएर अघि बढ्ने बारेमा पनि छलफल भएको थियो ।

no image
  • Title : सरकार गठनबारे कांग्रेसमा छलफल
  • Posted by :
  • Date : 12:01:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top