Latest News

Friday, October 02, 2015

दुबईमा प्रदर्सनको तयारी नेपाली चलचित्र ” मेला “

दुबई। नेपाली चलचित्र प्रेमी दर्शकहरुका लागि बिजया दशमी नजिकिदै जादा विदेशी भुमी बरदुबईमा नेपाली कथानक  चलचित्र “मेला” प्रदर्शन हुने भएको छ ।
ब्यावसायिक मुनाफा कमाउने भन्दा पनि सामाजिक परिवेश, भेषभूषा संस्कृतिको जगेर्णा राख्ने उदेश्यले निर्माण गरिएको लामो समय देखी युएईमा कार्यरत निर्माता तथा नायक खेम गुरुङ बताउनु हुन्छ।
स्याङ्जा सहयोग समाजको सहकार्यमा अक्टोबर ९ तारिक सुक्रबार दिउसो १२ बजे र ३ बजे गरि ईम्पेरियल होटेल बरदुबईमा प्रदर्शन हुने तयारि रहेको मेला चलचित्र बिशेस तमु संस्कृतिमा अधारित नेपाली कथानक चलचित्र हो।
चर्चित नायिका अनुता गुरुङको मुख्य भुमिका रहेको छ भने सह-नायक र नायिका क्रमशः शुनिल गुरुङ र रोजी गुरुङ रहेकाछन । संग्राम लामा द्वारा निर्देशन गरिएको यस चलचित्र नेपालका प्रमुख शहरहरुमा सफल प्रदर्शन पश्चात् बिजया दशमीको अबसरमा दुबई शहरमा पनि प्रदर्शनको तयारि गरिएको हो ।  दर्शकलाई पेट मिचीमिची हसाउने हास्य कलाकार खेम गुरुङ रहेका छन् भने खलनायक को भूमिका मोहन गुरुङ ले निभाएका छन।
सम्पूर्ण नेपाली चलचित्र प्रेमीहरुले माया गरि चलचित्र हेरी सल्लाह सुझाब दिनुहुन पनि आग्रह गरेका छन  l
निमकान्त पाण्डे
no image
  • Title : दुबईमा प्रदर्सनको तयारी नेपाली चलचित्र ” मेला “
  • Posted by :
  • Date : 8:54:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top