Latest News

Friday, October 02, 2015

पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडवीच छलफल

nrn-usaidकाठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अमेरिकी सहयोग नियोग ‘युएसएड’का अधिकारीहरुसँग भूकम्पपछि ध्वस्त भएका संरचनाको पुनःनिर्माणका सम्भावना र अबसरबारे छलफल गर्नुभएको छ ।

हाल नेपाल भ्रमणमा रहेको युएसएडको विज्ञ समूहसँग अध्यक्ष घलेले बुधबार काठमाण्डौमा छलफल गर्नुभएको हो । पुनःनिर्माणमा निजीक्षेत्रसँग सहकार्यको अबसरबारे अध्ययन गर्न टोली नेपाल आएको हो ।

छलफलका क्रममा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको आगामी दुई बर्षको प्राथमिकता पुनःनिर्माण नै रहने जानकारी दिनुभयो । पुनःनिर्माण गरिने गाउँहरुमा स्वास्थ्य, शिक्षा, आयआर्जन तथा दिगो विकाशका लागि समेत काम गर्ने योजना रहेको भन्दै अध्यक्ष घलेले यो कार्यका लागि अन्य संस्थाहरुसँग पनि सहयकार्य गर्न सकिने बताउनुभयो ।

युएस ग्लोबल डेभलपमेन्ट ल्याबका बरिष्ठ सल्लाहकार एभरी ओलेटले ठूलो संख्यामा नेपालीहरु बिदेशमा निर्माण उद्योगमा काम गरि सीप हाँसिल गरेको हुँदा उनीहरुको सीप नेपालको पुनःनिर्माणमा सहयोगी हुनसक्ने बताउनुभयो ।

अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुको पेशा र बिशेषज्ञताको रेकर्ड राख्ने योजना बनाइरहेको बताउँदै एशिया फाउण्डेसनको सहयोगमा बनाउन लागिएको मोबाइल एपलेपनि त्यसमा सहयोग गर्ने बताउनुभयो ।

गैरआवासीय नेपालीहरु बिदेशमा आर्जित सीप र पूँजीसमेत नेपालमा लगानी गरिरहेको र नयाँ संविधानमार्फत् सुनिश्चित गरिएको गैरआवासीय नेपाली नागरिकताको प्राबधानले नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई नेपालमा आकर्षित गर्न प्रोत्साहन मिल्ने बताउनुभयो ।

no image
  • Title : पुनःनिर्माणमा सहकार्यबारे एनआरएन र युएसएडवीच छलफल
  • Posted by :
  • Date : 8:54:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top