Latest News

Saturday, October 03, 2015

नाकाबन्दीले हाम्रो पनि रोजीरोटी खोसिँदैछ : भारतीय व्यापारी

बैतडी, १६ असोज । बैतडीका विभिन्न स्थानमा विभिन्न पेसा व्यवसाय गरिरहेका भारतीय नागरिकले पनि अघोषित रुपमा लगाएको नाकाबन्दीको चर्को विरोध गरेका छन् ।

भारत सरकारले अघोषित रुपमा नाकाबन्दी गरेर आफूहरुको रोजीरोटी खोस्ने प्रयास भएको उनीहरुले बताएका छन् ।

देहीमाण्डौमा व्यापार गरिरहेका भारतीय जानकी प्रसादले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर आफूहरुको परिवार मार्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो – “नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई मोदी सरकारले तोड्न खोजेको छ ।” अर्का व्यापारी कृष्णायनले आफूहरुले गएको १५ वर्षदेखि नेपालमै बसेर विभिन्न ठाउँमा व्यापार गरिरहेको र पछिल्लो समयमा भारत सरकारले गरेको व्यवहार ठीक नभएको बताउनुभयो ।

कृष्णायनले भन्नुभयो – “भारत सरकारले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालीभन्दा भारतीय नागरिकलाई झन् समस्यामा पारेको छ ।” भारतले अघोषित रुपमा नाकाबन्दी गरेर सदियौँदेखिको सम्बन्ध तोड्न खोजेको समेत उहाँले बताउनुभयो ।

सीमामा निर्वाधरुपमा आवतजावत गर्न पाउनुपर्ने भारतीय नागरिकहरुको पनि माग रहेको छ । रासस

no image
  • Title : नाकाबन्दीले हाम्रो पनि रोजीरोटी खोसिँदैछ : भारतीय व्यापारी
  • Posted by :
  • Date : 8:04:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top