Latest News

Saturday, October 03, 2015

नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाइनुपर्नेः पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, १६ असोज । अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपाल र भारतबीचको सदियौँदेखिको असल सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतको पूणेमा आज आयोजित अन्तर्राष्ट्रिय मानव मिलन सम्मेलनको उद्घाटन गर्दै उहाँले सांस्कृतिक एवम् सामाजिक रुपमा समेत समान रहेका दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई दिगो बनाइराख्न भविष्यमा दुवै देशका विभिन्न तहमा आपसी सहकार्यमा अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सम्मेलनको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुभएका पूर्व अध्यक्ष रेग्मीले मानवीय सेवाको भावना जागृत गराई आमजनसमुदायमा सद्भाव र सद्व्यवहारको चेतना र ज्ञान प्रवाह गर्न सकेको खण्डमा शान्ति र सद्भाव कायम गर्दै प्रगतिको पथमा अघि बढ्न सम्भव हुने बताउनुभयो ।

उहाँले प्रतिकूल वातावरणमा समेत सकारात्मक धारणा र आत्मविश्वासका साथ कार्य गरेमा सफलता हासिल हुन सक्ने भन्दै उहाँले नेपालमा तत्कालीन परिस्थितिमा उत्पन्न अति विशिष्ट राजनीतिक परिवेशमा आफूले सरकारको नेतृत्व गर्नुपरेको अवस्थाको अनुभव सुनाउनुभएको थियो ।

तत्कालीन अवस्थामा नेतृत्व गरेको सरकारले सफलतापूर्वक संविधानसभाको निर्वाचन सम्पन्न गरी गठन भएको संविधानसभाले २०७२ आश्विन ३ गते नेपालमा संविधान जारी गरेकाले देशको अग्रगमन र रुपान्तरणको गति अघि बढेको बताउँदै रेग्मीले नेपालमा शान्ति, स्थिरता र विकासका लागि अबको समय नवीन युग रहेको समेत सम्मेलनमा व्यक्त गर्नुभएको उहाँका सहयोगी राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । रासस

no image
  • Title : नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाइनुपर्नेः पूर्वअध्यक्ष रेग्मी
  • Posted by :
  • Date : 8:04:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top