Latest News

Friday, October 02, 2015

अमेरिकामा विश्वविद्यालयमा गोली हानेर १३ को हत्या

एजेन्सी, असोज १५ । अमेरिकामा एक क्याम्पसमा गोली हानेर कम्तिमा १३ जनाको हत्या भएको छ । पढाई भइरहेको समयमा विश्व विद्यालयमा पसेका एक बन्दुकधारीले गोली प्रहरा गरि उनिहरुको हत्या गरेका हुन् । ओरेगन राज्यको उम्पकुवा सामुदायिक विश्व विद्यालय हातामा प्रवेश गरेका एक २० वर्षिय बन्दुकधारी पुरुषले छानिछानि गोली हानेको बताइएको छ ।

बन्दुकधारीको गोली प्रहारबाट अन्य ६ जना गम्भिर घाइते रहेका छन् । प्रहरीले बन्दुकधारीलाई गोली हानी मारिदिएको र अनुसन्धान भइरहेको बताएको छ । बन्दुकधारीले चारवटा स्वचालित हतियारबाट आक्रमण गरेको समेत प्रहरीले बताएको छ । गर्भनर केट ब्राउनले घटनापछि दुख व्यक्त गर्दै अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय अमेरिकामा क्रिश्चियन समुदाय बाहेक अन्य समुदायका धार्मीक केन्द्र, विद्यालय, सिनेमा घर, सार्वजनिक स्थल तथा सैनिक ईलाकाहरुमा यस्ता आक्रमणको क्रम बढ्दै गएको छ । अमेरिकामा जो कोही व्यक्तिले सहज रुपमा बन्दुक किन्न पाउने विद्यमान कानुनका कारण जो कोहीले हतियार किनेर अपराध गर्न सक्ने अवस्था रहेको भन्दै त्यहाँ हतियार राख्न पाउने कानुनमा कडाई गर्न माग हुँदै आएको छ ।

no image
  • Title : अमेरिकामा विश्वविद्यालयमा गोली हानेर १३ को हत्या
  • Posted by :
  • Date : 5:50:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top