सुरुङ्गा (झापा), १६ असोज । झापाको बाहुनडाँगीका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
मदक पदार्थ सेवन गरेर बाहुनडाँगी–३ निवासी सनिल उरावले ३५ वर्षीया श्रीमती चिन्द्र उरावको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उरावले शुक्रबार मादक पदार्थ सेवन गरेर श्रीमती चिन्द्रलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । श्रीमान्को कुटाइबाट घाइते बनेकी उनको उपचारका क्रममा आज आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
अवैध सामान बरामद
भन्सार छलेर नेपाल भित्र्याइएको रु १० लाख मूल्य बराबरको अवैध सामान प्रहरीले झापाको काँकडभिट्टाबाट आज बरामद गरेको छ ।
पक्राउ गरिएको सामानमा ४० पोका कपडा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएको सामान भोलि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइनेछ । रासस
0 comments:
Post a Comment