Latest News

Thursday, October 01, 2015

मन्त्रिपरिषद बैठकः बन्द हडताल छोड, जनजीवन सहज बनाऊ

सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायत आन्दोलरत सबैपक्षलाई बन्द हडताल छोडरे आम जनताको जीवन सहज बनाउनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

१४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वार्ताका लागि सरकारका तर्फबाट सबै प्रयास भइरहेको भन्दै आन्दोलनरत पक्षलाई पनि सहज जीवन यापन गर्न पाउनुपर्ने जनताको अधिकारलाई बेवास्ता नगर्न भनेको छ ।

सरकारले आन्दोलनरतपक्षको माग अनुसार स–प्रमाण गम्भीर अपराधको अभियोग लागेका बाहेक आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्ने, घाइतेहरुलाई क्षतिपूर्ति दिने लगायतका प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

मन्त्री रिजालका अनुसार बैठकमा भारतले गरेको नाकाबन्दी र त्यसबाट उत्पन्न असहज परिस्थिति एवम् समाधानको विकल्पका बारेमा पनि छलफल भएको थियो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले सुदुरपश्चिम विश्वविद्यालयलाई द्वारिकादेवि ठकुरानी विश्वविद्यालय नामाकरण गर्ने पनि निर्णय गरेको छ ।

शिक्षक सेवा आयोगको अध्यक्षमा ताना गौतमलाई नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको सञ्चारमन्त्री रिजालले बताए ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शान्तराज सुवेदीलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।

नेपाल प्रहरीका कर्मचारीलाई निजमती कर्मचारी सरह विमा सुविधा उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।

no image
  • Title : मन्त्रिपरिषद बैठकः बन्द हडताल छोड, जनजीवन सहज बनाऊ
  • Posted by :
  • Date : 8:57:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top