Latest News

Friday, October 02, 2015

चन्द्रगढी खानेपानी उपभोक्ता समितिको साधारणसभा

12037999_870462076356349_8055237917760730327_nभद्रपुर, १५ असोज । चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समिति भद्रपुर– १२ को दोस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन झापाका प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उत्कृष्ट तीन प्रतिभालाई सम्मानसमेत गरिएको थियो ।

सम्मानित हुने प्रतिभामा फुटवलका राष्ट्रिय स्टार भद्रपुर– १२ का कर्ण लिम्बू, भारत्तोलन खेलका दिनेश श्रेष्ठ र मोडलिङकी सञ्जु मल्ल रहेका छन् ।

समितिका अध्यक्ष विष्णुप्रसाद शिवाकोटीको सभापतित्वमा भएको सो कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेकपा (एमाले) क्षेत्र नं ३ का अध्यक्ष हीरा पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

no image
  • Title : चन्द्रगढी खानेपानी उपभोक्ता समितिको साधारणसभा
  • Posted by :
  • Date : 8:54:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top