Latest News

Sunday, October 04, 2015

‘तीन दिनमै खुल्छ तातोपानी नाका’

Balabhadra Giri_ CDO१२ वैशाखको महाभूकम्पबाट क्षतिग्रस्त उत्तरी छिमेकी चीन जोड्ने मुख्य तातोपानी नाका सडकखण्ड अझैं खुल्न नसकेकोबारे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी भन्छन्, “पटक पटकको पहिरोका कारण समयमै काम हुन नसकिएको हो ।”

तातोपानी नाका जोड्ने सडक कहिलेबाट खुल्ला ?
सडक छेक्ने पहिरो र ढुंगा हटाउने काम तीव्र रुपमा भइरहेको छ, १९ गतेसम्ममा खुलिसक्छ । त्यसपछि ढुवानी गर्न सकिन्छ ।

बाटो खोल्न के के गर्नुभयो ?
भूकम्प लगत्तै दुई पटक चिनियाँ सहयोगले बाटो खोल्यौं तर फेरि आएको पहिरो बाधा बन्यो । दिनभर बाटोको पहिरो हटायो राति फेरि उस्तै हुने क्रम धेरै पछिसम्म थियो ।

अबको कहाँको काम बाँकी छ ?
बिहान ७ देखि राति ७ बजेसम्म सडक डिभिजनका ८ वटा डोजरबाट बाटोका भीमकाय ढुंगा पन्छाउने काम भइरहेको छ । मान्छले मात्रै नहुने भएकोले मेशिन प्रयोगमा जोड दिएका छौं । तातोपानीको लिपिङ बजारको सय मिटर क्षेत्रको ढुंगा हटाएपछि बाटो खुल्छ । ट्रयाक खोलेका ठाउँहरूमा स्थानीय बासीन्दा, प्रहरी सबै मिलेर सम्याउने काम भइरहेको छ ।

चीनतिरको सडकको अवस्था कस्तो छ ?
चीनतिरको सडकमा कुनै समस्या छैन । समस्या हाम्रैतिर हो ।

चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ त ?
पेट्रोलियम पदार्थका लागि त दुई देशको सहमति नै निर्णायक हुन्छ । उताबाट आउनेबाहेक यताबाट जाने भनेको लत्ताकपडा, इलेक्ट्रोनिक्स र केही खाद्यान्न हुन् ।

no image
  • Title : ‘तीन दिनमै खुल्छ तातोपानी नाका’
  • Posted by :
  • Date : 10:01:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top