Latest News

Saturday, October 03, 2015

प्रधानमन्त्री कोइराला र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि भारतका राजदूत रणजित रायले आज अपराह्न भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।

भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी गराउनुभएको श्री अधिकारीले बताउनुभयो । रासस

no image
  • Title : प्रधानमन्त्री कोइराला र भारतीय राजदूतबीच भेटवार्ता
  • Posted by :
  • Date : 8:41:00 PM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top