Latest News

Friday, October 02, 2015

ब्लड बैंक भवन निर्माणका लागि सहयोग

B n C 1भद्रपुर, १५ असोज । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडद्वारा संयुक्त रुपमा सञ्चालित ब्लड बैंक भवन निर्माणका लागि बी एण्ड सी मेडिकल कलेज एवम् टिचिङ हस्पिटलले संयुक्त रुपमा रु एक लाख २१ हजार सहयोग बिहीबार प्रदान गरेको छ ।

हस्पिटलमा आयोजित कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक डा रामबाबु गिरी, हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्ना पिता स्वर्गीय भगवान गिरी र माता स्वर्गीय चन्द्रमाया गिरीको स्मृतिमा उक्त रकम शाखाका सभापति लोकराज ढकाललाई हस्तान्तरण गर्नुभयो ।

रक्तसञ्चार सेवासहितको तीनतले रेडक्रस भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

चन्दादाताबाट सङ्कलित करिब रु ६० लाख लागतमा उक्त भवन निर्माण भई विगत वर्षदेखि ब्लड बैंक अर्थात् रक्तसञ्चार सेवासमेत सञ्चालन रहेको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

no image
  • Title : ब्लड बैंक भवन निर्माणका लागि सहयोग
  • Posted by :
  • Date : 6:52:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top