Latest News

Friday, October 02, 2015

चार सय ९१ जनाले लिए एचआइभी एड्ससम्बन्धी परामर्श

hiv-aidsपाँचथर, १५ असोज । जिल्लामा आव ०७१/७२ को भदौ सम्ममा ४९१ जनाले निःशुल्क एचआइभी एड्ससम्बन्धी जाँच तथा परामर्श लिएका छन् । त्यसमा एकजनामा पनि एचआइभी एड्स पोजेटिभ नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस आवको भदौ महिनामा मात्रै २६ जनालाई एचआइभी एड्ससम्बन्धी निःशुल्क जाँच गरिएको कार्यक्रमका प्रमुख व्यक्ति ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार २६ जनामध्ये दुईजनामा भने एचआइभी एड्स पोजेटिभ देखिएको छ । उनीहरुको उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।

सवारी चालकले दोब्बर बढी भाडा उठाउन थालेपछि अनुगमन सुरु

भारतले गरेको अघोषित नाकाबन्दीसँगै सवारी चालकले तोकिएको भन्दा झन्डै दोब्बर भाडा उठाउन थालेपछि जिल्लामा अनुगमन गर्न थालिएको छ ।

यसअघि बुधबार सदरमुकाम फिदिम–याङ्नाम सडकखण्डमा सवारी चालकले तोकिएको भाडाभन्दा झन्डै दोब्बर भाडा उठाएको जनगुनासो आएपछि अनुगमनलाई कडा बनाएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिनुभयो ।

बिहीबारबाट थालिएको जाँच अझै केही दिन फरक–फरक रुटमा गरिने प्रहरी नायब उपरीक्षक कृष्णकुमार कोइरालाले जानकारी दिनुभयो । नेपालीहरुको चाडपर्वसमेत नजिकिएकाले अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

no image
  • Title : चार सय ९१ जनाले लिए एचआइभी एड्ससम्बन्धी परामर्श
  • Posted by :
  • Date : 8:54:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top