Latest News

Sunday, October 04, 2015

महामन्त्री गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने

Chandra-Bahadur-Gurung-RPP-Nepalराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ ।

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको १७ असोज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैदिक परम्पराअनुसार अन्त्येष्टि गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचार गराइरहेका गुरुङको शनिवार राति मृत्यु भएको थियो ।

स्याङ्जाको पञ्चमूल सिरुवारीमा २०१२ सालमा जन्मिएका गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद् एवम् पार्टी संसदीय दलका नेता थिए ।

सहमहामन्त्री श्रेष्ठले भने, “पार्थिव शरीरलाई नेपाल ल्याउने सवालमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अझै तीन चार दिन लाग्न सक्छ ।”

no image
  • Title : महामन्त्री गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने
  • Posted by :
  • Date : 9:01:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top