Latest News

Saturday, October 03, 2015

बाल्टिमोरमा दशै तिहार शुभकामना सॉझ २०७२ को भब्य तयारी

banner

अमेरिकामा नेपाली कलाकारहरूको राजधानि वाल्टिमोरमा नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल(मुन्द्रे) प्रसिद्ध लोक गायक बद्रि पंगेनी तथा हास्यकलाकार तथा नृत्यांगना निरु खड्का(निर्मली) ,चर्चित लोक गायिका शिला आले ,अमेरिकामा रहेका भुटानी समुदायका गायक द्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज ),भगवान भण्डारी लगाएतका कलाकारहरूको प्रस्तुति आगामी नोवेम्बर १ तारिखमा दशै तिहार शुभकामना सॉझ नामक कार्यक्रमको भब्य तयारी भै रहेको आयोजक मध्येका एक प्रभु थापाले जानकारी दिएका छन् l

२०७२ दशैं तथा तिहार धमाका कार्यक्रम लिएर अगस्त २९ देखी नोवेम्बर १ तारिख सम्म प्रस्तुति गर्दै अमेरिका भर यात्रा गरि रहेका नेपालका कलाकारहरुको अन्तिम प्रस्तुति बाल्टिमोरमा तय गरिएको र उक्त नोभेम्वर १ तारिखको कार्यक्रम नाम्लो म्यानेजमेन्टले आयोजना गर्ने भएको छ l

अन्तिम कार्यक्रम भएकोले २०७२ दशैं तथा तिहार धमाका कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने जानकारी अमेरिका भर कार्यक्रमको आयोजना गर्ने आयोजक वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक /प्रमुख बुद्धी प्रसाद रेग्मीले बताए l

वाल्टिमोरमा रहेर सधै नेपालि कला र संस्कूतिको प्रचार प्रसार र सम्बर्धन गर्दै आएका समाजसेवी तथा क्रियाशील व्यक्तित्वहरु विजय श्रेष्ठ ,प्रभु थापा ,बिक्रान्त मान श्रेष्ठ ,दिवाकर ज्ञावलि ,सुवोध पन्त लगाएतका को आयोजना र सहयोगमा उक्त कार्यक्रमको आयोजना हुदैछ l

२०७२ दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य रहेकोले बाल्टिमोरमा हुने कार्यक्रमले निकै महत्व राख्ने आयोजकले बताएका छन् l

यसको साथै अमेरिका भर प्रस्तुत गरिएको कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने योजना सफल भएमा नोवेम्बर १ तारिख नै नेपाल सरकारका प्रतिनिधिलाई हस्तान्तरण समेत गर्ने पुर्व योजना रहेकोले बाल्टिमोरको दशै तिहार शुभकामना सॉझ २०७२ निकै धमाकादार हुने कुरामा आफु बिस्वस्त भएको रेग्मीले बताए l

no image
  • Title : बाल्टिमोरमा दशै तिहार शुभकामना सॉझ २०७२ को भब्य तयारी
  • Posted by :
  • Date : 5:54:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top