Latest News

Friday, October 02, 2015

मास्कोमा नेपालीमहिला नेतृत्रयको स्वागत–कृष्णप्रकाश श्रेष्ठ

russia2मास्को । मास्कोमाबसोवास गरिरहेका नेपालीहरुले रुसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबर्गमा सुसम्पन्नभएको युरेसियामहिला सम्मेलनमाभागलिनआएको नेपालीमहिला प्रमण्डलको हार्दिक स्वागत गरेका छन् ।  गैरआवासीय नेपाली संघ रुसको तत्वावधानमामास्कोको दक्षिण–पश्चिममाअवस्थित ‘पार्क पैलेस’ को रेष्टुराँमानेपालीमहिला नेतृत्रयको भव्य स्वागत समारोह र प्रीतिभोजको आयोजनागरिएको थियो । त्यसमा रुसमा नेपालीहरुका सामाजिक संस्थाहरु –गैरआवासीय नेपाली संघ, रुस सीआईएस नेपालउद्योगवाणिज्य संघ, विश्व नेपाली साहित्यमहासंघ रुस, नेपाल खेलकूदतथा संस्कृति समाज, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ) का प्रतिनिधिहरुका साथै मास्कोस्थित नेपाली राजदूतावास परिवारको पनि सहभागिता रहेको थियो ।
महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले नेपालबाट रुसको राजधानीमाआइरहनुभएकीपूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वमन्त्रीहिसिला यमि र पर्यटन तथानागरिक उड्डयन मन्त्रीनिलम के.सी. का साथै सहसचिव राधिकाअर्यालको परिचय दिनुभएपछि पारस्परिक परिचयको आदान–प्रदानको क्रमचलेको थियो । भर्खरै एक साताअघि घोषित गरिएको नयाँ संविधानको महत्वबारे प्रकाशपार्दे  नेपालकातीनप्रमुख राजनैतिकदलहरुको प्रतिनिधित्वगर्ने नेतृत्रयबाट देशको वर्तमानअवस्थाबारे क्रमशःआ–आफ्नो दृष्टिकोणबाट अवगत गराइएको थियो । तराई क्षेत्रमा देखिएको अशान्तवातावरणको सन्दर्भमाहिसिला यमिबाट मधेसी तथाथारुको मागलाई सम्बोधननरिनृ आवश्यक छ भनीजोड दिइएको थियो भने झापाआन्दोलनदेखि राजनीतिमा संलग्ननिलम के.सी.बाट समयानुकूलआवश्यक संशोधनगर्दै नयाँ संविधानलाई परिष्कृत गर्दै लैजान सकिने सम्भावना रहेको कुरा जनाइएको थियो । सुजाता कोयरालाबाट चाहिं अब विभिन्न पार्टीहरुले एकजूट भई देशको विकासमालाग्नु जरुरी भएको र नयाँ सम्बिधानले यसकालागि सम्भावनाको ढोका खोलिदिएको छ भनीजोड दिनुका साथै यस कार्यमाविदेशमा रहेका नेपालीहरुको योगदानको आवश्यकताभएको र स्वदेशमै श्रम र सीप लगाउने सम्भावनाको सिर्जना गरिने पनिविश्वास व्यक्तगर्नुभयो ।  सौहार्दपूर्ण वातावरणमा सम्पन्न स्वागत समारोहमा नेपालीमहिला नेतृत्रयबाट त्यहाँउपस्थित रुसवासी नेपालीहरुकाविभिन्न सुझाव, प्रश्न, जिज्ञासाको समुचितजवाफपनिदिइएको थियो र रुसमापहाड, मधेश, तराई सबै क्षेत्रको प्रतिनिधित्वगर्ने सम्पूर्ण नेपालीहरु एकै परिवारका सदस्थजस्तैमिलीजुलीकन बसिरहेकोमाआपूmहरु निकै प्रभावितभएको अभिव्यक्तिदिइएको थियो ।
अर्को दिनमास्कोस्थित नेपाली राजदूतावासमाराजदूत–दम्पति डा. रविमोजन सापकोटा तथा डा. सुलोचना सापकोटाको तर्पmबाट अतिथिहरुको सम्मानमादिवाभोजको आयोजनागरिएको थियो । त्यसमापनिमास्कोवासी नेपालीहरूकाप्रतिनिधिहरूको समुपस्थिति रहेको थियो । त्यसै दिनमहिला, बालबालिकातथा सामाजिक कल्याणमन्त्री निलम के.सी. तथा सहसचिव राधिकाअर्याल नेपालतिर उड्ने हुँदा राजदूत–दम्पतिले बिदागर्न विमानस्थलतिर जानुपरेको थियो भने रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमासुजाता कोइरालातथाहिसिलायमिसँगप्राच्यविद्हरुको अन्तरक्रियाकार्यक्रममाभागलिनउपनियोगप्रमुखइन्दिरा अ¥यालको साथमाहामीमास्कोको केन्द्रतिर लाग्यौं ।russia
प्राच्यविद्या संस्थानको व्याख्यानकक्षमात्यहाँकार्यरत केही वैज्ञानिक कार्यकर्ताहरु मात्रनभई राजकीयमानविकीशास्त्रविश्वविद्यालय, मास्को राजकीयविश्वविद्यालयअन्तरगतएशिया–अफ्रिका अनुसन्धान संस्थानलगायत नेपाल र दक्षिण एसियाका देशहरूको अध्ययन–अनुसन्धानमा संलग्नमास्कोका अन्य शिक्षणएवं अनुसन्धान संस्थानका वैज्ञानिक कार्यकर्ता र विद्यार्थीहरूका साथै रूस–नेपाल सहयोग तथा मैत्री समाजकाप्रतिनिधिहरू पनिउपस्थितभइसकेका थिए ।
भारतवर्ष अध्ययन केन्द्रकीप्रमुखताच्यानाशाउम्यानले विशिष्ट नेपालीअतिथिहरूको हार्दिक स्वागतगर्दै अध्यक्षमण्डलमा स्थान ग्रहण गराइएपछि प्राच्यविद्या संस्थानकानवनिर्वाचितनिर्देशक, बौद्ध दर्शनका विज्ञ भालेरी आन्द्रोसोभले स्वागतमन्तव्य राख्नुभयो र ताच्यानाशाउम्यानलेअन्तरक्रियाकार्यक्रमको सञ्चालनगर्दै भारतमा नेहरु परिवारजस्तै नेपालमापनि देशको वर्तमानइतिहासको प्रतिबिम्बझल्कने कोइराला परिवारकीप्रतिनिधिपूर्व उपप्रधानमन्त्री सुजाता कोइरालातथा नेपालकाकविधर्मचत्नयमिकी सुपुत्री, पूर्व मन्त्रीहिसिलायमिको परिचयदिई१९५ वर्षको इतिहास बोकेको रूसको एक विख्यातअध्ययन केन्द्रको रूपमा रहेको प्राच्यविद्या संस्थानको छोटो परिचयदिनुभयो ।

KPS&SujataKoirala28092015
नेपालकीपूर्वमन्त्रीहिसिलायमिले आफ्नो वक्तव्यमानेपालको नयाँ संविधानको घोषणापश्चात् देशमाउत्पन्न स्थितिको बारेमाअवगत गराउँदै समाजवादबाट पूँजीवादीव्यवस्थामा संक्रमण गर्ने रूसमहासंघ रअन्ततोगत्वा राजतन्त्रलाई सदाकालागिविस्थापित गरी सामन्तवादबाट पूँजीवादीव्यवस्थाअपनाउने संघीय नेपालमानिकै कुरामा समानतानभएतापनि एक कुरामा समानता देखिएको चर्चा गर्नुका साथै त्यो समानताबहुदलीयशासकीयव्यवस्थामा टडकारै देखिएको टिप्पणी गर्नुभयो । क्रमशःपूँजीवादीतत्वहरू अपनाउँदैपनिचीनमा साम्यवादीदलको नेतृत्वकायमै रहेको तर विश्वको एक शक्तिशाली समाजवादी राष्ट्रको रुपमा रहेको सोभियत संघ एक्कासी विघटन हुनगई नयाँरूसले पूँजीवाद ग्रहण गर्नु कसरी सम्भव भयो भन्ने उहाँले जिज्ञासा राख्नुभएको थियो ।russia1
नेपालकीपूर्व उपप्रधानमन्त्रीतथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले देशका सबै राजनैतिकदलहरुको संयुक्त प्रयासबाट सदाकालागि राजतन्त्रको अस्तित्व मेटिई दुईपल्ट संविधान सभाको निवौचनगर्नुपरे तापनिअन्ततोगत्वा एक हप्ताअघि (२० सेप्टेम्बर २०१५) मात्र९५ प्रतिशतजनप्रतिनिधिहरुद्वारा अनुमोदनगरिएको नेपालको संविधानक्रियाशीलभएको जनाउनुहुँदै देशका केही असन्तुष्ट पक्षबाट त्यसको विरोध गरिनुका साथै खास गरी तराई क्षेत्रमा तनावपूर्ण अवस्थासिर्जना हुनगएको जानकारी दिनुभयो र संविधानमा रहेका त्रुटीहरु र असन्तुष्टीका कारणहरुलाई संशोधनको माध्यमबाट कःबोधनगर्दे संविधान परिष्कृत गरीत्यसको कार्यान्वयन सहजतुल्याइने विश्वास व्यक्तगनुभयो । विभिन्न राजनैतिकदहिरुले अब सैद्धान्तिक बखेडामा नअल्झिएर देश विकास कार्यमा एकजूट भएर लाग्नुपर्ने कुरामाविशेष जोड दिंनुभयो ।
रुस–नेपाल सहयोग तथा मैत्री समाजकाप्रतिनिधियुल्दुजहाल्लिउल्लिनले आफू काठमाडौंस्थित रुसी राजदूतावासमा कूटलीतिज्ञको हैसियतले कार्यरत रहँदातत्कालीननेपालीप्रधानमन्त्रीगिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलका सम्पूर्ण सदस्यहरुलाई रुसी राजदूतावासमानिम्ताउने सम्भावनपाएको र पछि पनि कैयौंपल्ट प्रधानमन्त्रीगिरिजाप्रसाद कोइरालासँगभेटवार्ता गर्ने अवसर पाएको संस्मरण सुनाएकाथिए ।
प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसंधान केन्द्रकाउपप्रमुख फेलिक्स युर्लोभले जापानलगायतविश्वकाकतिपय देशले विदेशीद्वारा लेखिएको संविधानअपनाएको र भारतमापनि संविधाननिर्माणमा ३ वर्ष लागेको उदाहरण दिंदै सार्वभौम नेपालीजनताले ७वर्ष लगाएर भएपनि आफैले तयार पारी लागू गरेको संविधान सार्वभौम चरित्रको छभन्ने कुरामाजोड दिंदै  देशका सबै राजनैतिकशक्तिहरुले मिलेर उत्पन्न समस्याहरु समाधान गरी नयाँ संविधानको कार्यान्वयनमापनि सफलताप्राप्तगर्नेछन् भन्ने विश्वास व्यक्तगर्नुुभयो । russia3
अन्तरक्रियाकार्यक्रममामास्कोका विभिन्न शिक्षण संस्थानका वैज्ञानिक कार्यकर्ता तथाशोधछात्रहरुका अतिरिक्त नेपालकातीनमहिला नेतृहरुसँग अन्तरक्रियाकार्यक्रममानेपाली राजदूतावासकीउपनियोग प्रमुखइन्दिरा अर्यालर सहचारी राधेश्यामदुबे, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनएआईसीसी) मामहिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय सदस्यगोविन्दप्रसाद गौतम (विश्व नेपाली साहित्यमहासंघ रुस शखाकाअध्यक्ष), एनआरएनएरुसका अध्यक्षदीनानाथ राजभण्डारी, उपाध्यक्ष डिल्ली खरेल सुमन, नेपाली छात्रसंघका अध्यक्षउत्तम लामिछाने, रुस–नेपाल मैत्री संघका उपाध्यक्ष डा. मणिराजपोखरेल, रुस सीआईएस नेपालउद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्मआचार्य, मास्को सडकनिर्माण विश्वविद्यालयकाप्राध्यापक डा. सूर्यप्रकाशपौड्याल, विनोद यादवप्रभृति नेपालीप्रतिनिधिहरुको पनिउपस्थिति रहेको थियो ।   russia4
अन्त्यमाकुन कुरा पनिउल्लेखनीय छ भने रुस यात्राको क्रममानेपालकातीनप्रमुख राजनैतिकदलहरुको प्रतिनिधित्वगर्ने महिला नेतृत्रयले केही सैद्धान्तिक प्रश्नहरुमाअन्तर हुँदाहुँदै पनिजुनप्रकारको पारस्परिक सौहार्दताको प्रदर्शन गरिएको थियो सो नेपालको वर्तमान परिप्रेक्ष्यमानिकै महत्वपूर्ण छ । नेपालीजनताले आफैले दर्नाको नयाँ संविधानको कार्यान्वयनमापनि नेपालका सबै राजनैतिकशक्तिहरुको तर्पmबाट यस्तै आपसी सौहार्दताकायम राखियो भने नयाँ नेपालको अवधारणाले अवश्यमेव मूर्त रुप पाउने छ ।

कृष्णप्रकाश श्रेष्ठ
मास्को, रुस महासंघ ।

no image
  • Title : मास्कोमा नेपालीमहिला नेतृत्रयको स्वागत–कृष्णप्रकाश श्रेष्ठ
  • Posted by :
  • Date : 9:55:00 AM
  • Labels :
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Top